जाेफ्रा आर्चरसँग गर्‍याे इंग्ल्याण्ड क्रिकेट बाेर्डले टेस्ट र एकदिवसीय क्रिकेटकाे सम्झाैता

 असोज ४, २०७६ शनिबार १२:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डले तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अनुबन्ध गरेको छ । विश्वकप र एसेज श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका आर्चरलाई सीमित ओभर र टेस्ट क्रिकेटका लागि इंग्ल्याण्डले केन्द्रीय अनुबन्धन गरेको हो । 

बार्बाडोसमा जन्मिएका आर्चर गएको वर्षमात्रै इंग्ल्याण्ड टिममा परेका थिए । कागजी प्रक्रिया पूरा भएपछि टिममा आबद्ध भएका आर्चर विश्वकपको अन्तिम समयमा छनोट भएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्चरले एसेजमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ विकेट हात पारे । आर्चरसँगै इंग्ल्याण्डले रोरी बन्सलाई पनि अनुबन्ध गरेको छ । उता मोइन अली र आदिल रशिदको भने टेस्टको सम्झौता रद्द गरेको छ ।

यस्तै स्पिन अलराउण्डर जो डेनलीसँग भने एकदिवसीय क्रिकेटका लागि सम्झौता भएको जनाइएको छ । उनका साथै जेसन रोय, ओएन मोगर्न र मार्क वुडसँग पनि एकदिवसीय क्रिकेटका लागि सम्झौता गरिसकेको छ । 

जेम्स एन्डरसन, स्टअर्ट ब्रोड र साम करनसँग टेस्ट क्रिकेटको मात्रै सम्झौता छ । टेस्ट क्रिकेट सम्झौता नुसार एक जना खेलाडीले वार्षिक ६ लाख पाउण्ड पाउँछन् भने एकदिवसीयमा अनुबन्धन भएका खेलाडीले २‍.७५ लाख पाउण्ड पाउने गर्छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया