पर्वतका अनिश दशौँ ‘लिगलिगे’ राजा

 असोज १६, २०७६ बिहिबार १२:२८:२८ | किरण लोहनी
unn.prixa.net

गोरखा – पर्वतका अनिश थापामगर यो वर्षको लिगलिगे दौडको विजेता बन्नुभएको छ । यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश बिहीबार भएको दशौँ लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बन्न सफल हुनुभएको हो ।

चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल हुनुभएको हो । उहाँ भारतीय सेनामा कार्यरत हुनुहुन्छ । दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ ।

दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।

यही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक समारोहकाबीच राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नुभएको छ ।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छैटौं हुनेलाई सात हजार, सातौँ हुनेलाई पाँच हजार, आठौँ हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजकले छ । सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया