चार प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना
बैशाख १५, २०८१ शनिबार
डोटी – राष्ट्रिय जनमोर्चा डोटीका उपाध्यक्ष मीनबहादुर मलासीलाई पार्टीले कारबाही गरेको छ ।
उपाध्यक्ष मलासी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै मलासीलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरेको जनाएको छ । मलासीले पार्टी विरोधी गतिविधि गरेकाले अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘उपाध्यक्ष मिनबहादुर मलासीले पार्टी विरोधी गतिविधि गरेकाले अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरेका छौँ, विभिन्न सञ्चारमाध्यममा आएको समाचार जस्तो पार्टीका अन्य कार्यकर्ताले पार्टी छोडेकाा छैनन्,’ विज्ञप्तिमा भनिएको छ ।
जनमोर्चाका पूर्वउपाध्यक्ष मलासीले नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टको हातबाट गएको बुधबार टीका लगाएर पार्टी प्रवेशको घोषणा गर्नुभएको थियो ।
मलासीसँगै पार्टीका जिल्ला कमिटी सदस्य सिद्धराज विकसहित एक दर्जन जनमोर्चाका कार्यकर्ता पार्टी प्रवेश गरेको नेकपाका सुदूर पश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कलमबहादुर गड्सिला ‘ऐनान’ ले जानकारी दिनुभएको छ ।
लामो समयदेखि जनमोर्चाको उपाध्यक्षको जिम्मेवारीमा सम्हाल्नुभएका मलासी जनमोर्चाका तर्फबाट गएको स्थानीय तहको निर्वाचनमा केआईसिंह गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवार हुनुभएको थियो ।