'विश्व बैंकले सार्वजनिक गरेको व्यावसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो हाे'

 कात्तिक ८, २०७६ शुक्रबार १८:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थ मन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यावसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताउनु भएको छ । 

अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गएकाे वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पार्नुभयो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यावसायिक वातावरणको सूचकांकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो । अर्थ मन्त्री खतिवडाले शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यावसायिक वातावरणको क्षेत्रमा गएकाे वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यावसायिक वातावरणका सूचकांकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

विश्व बैंकको प्रतिवेदनअनुसार नेपाल व्यावसायिक वातावरणको दृष्टिकोणले १९० देशमध्ये ९४औँ स्थानमा परेको छ । अर्थ मन्त्री खतिवडाले देश संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यावसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया