भारतमा  लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज

 बैशाख १४, २०८१ शुक्रबार ९:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ । आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८८ सिटका लागि मतदान शुरु भएको छ । यसका लागि एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनावमा बीजेपीले ५५ र कांग्रेसले १८ सिट जितेका थिए । कांग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुने बीबीसी हिन्दीले जनाएको छ ।

केरलाका सबै २० सिटका लागि आज मतदान हुनेछ । यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३ सिटका लागि मतदान हुँदैछ । महाराष्ट्र, उत्तर प्रदेश,  मध्यप्रदेश, असम,  बिहार, छत्तिसगढ र पश्चिम बङ्गालमा आज मतदान हुने खबरमा उल्लेख छ ।

यस्तै मणिपुर, त्रिपुरा र जम्मु कश्मीरका एक/एक सिटका लागि भोलि मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि भोलि मतदान हुनेछ । यसअघि पहिलो चरणअन्तर्गत अघिल्लो हप्ता २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो । सात चरणमा हुने चुनाव आउँदो जुन १ मा सकिनेछ । जुन ४ देखि सबै क्षेत्रको एकसाथ मतगणना गर्ने तयारी छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया