भारतमा बैतडीका तीन जनाकाे धारिलाे हतियार प्रयाेग गरी हत्या

 कात्तिक ११, २०७६ सोमबार ८:२१:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीका तीन जना मजदुरको भारतको पिथौरागढमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

पुर्चौंडी नगरपालिका वडा नम्बर-५, दहतालका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका-४, भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको हो । 

तीनै जनाकाे धारिलो हतियार प्रहार गरेर हत्या गरिएको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । हत्या गरिएकामध्ये हरे बोहरा र बीरा बोहरा सहदोर दाजुभाइ समेत रहेका उहाँले जानकारी दिनुभयो ।

हत्या गरिएका तीनै जना डेढ बर्ष यतादेखि पिथौरागढको सिलौल मड भन्ने ठाउँमा मजदुरी गर्दै आइरहेका बुझिएकाे छ । उनीहरुमध्ये हरे बोहराकी श्रीमति किर्रा बोहरा फरार रहेकाले यो घटनामा उनको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको पनि उपप्रमुख बोहराले बताउनुभयो ।

अहिले मृतकहरुको शव जिल्ला अस्पतालमा पिथौरागढ राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको उपप्रमुख बोहराले बताउनुभयो ।

यसरी विभत्स तरिकाले तीन जनाको सामूहिक हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही जानकारी नआएकाे उपप्रमुख बोहराले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया