दशरथ रंगशालामा सिट जडानको काम सुरु (तस्बिरसहित )

 कात्तिक १४, २०७६ बिहिबार १३:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न १३ औंँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालामा सिट जडानको काम सुरु भएको छ ।

मंसिर १५ देखि २४ सम्म काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा आयोजना हुने सागका लागि  राष्ट्रिय खेलकुद परिषद् राखेपले तयारी तीव्र पारेको हो ।

प्रतियोगिता उद्घाटनस्थलको रुपमा रहेको दशरथ रंगशालाको साधारण तर्फको प्यारपिटमा सिट जडान सुरु गरिएको छ । साधारणतर्फ जडान गर्नका लागि कम्तिमा १ हप्ताभन्दा बढी समय लाग्ने  जनाइएको छ । साधारणतर्फ १५ हजार सिट राखिने छ । 

मंसिर १५ गते सागको उद्घाटन भए पनि नेपालले त्यसघि नै कुवेतविरुद्ध विश्वकप छनोट खेल्नुपर्ने छ । त्यसका लागि पनि यो महिनाभित्रै रंगशालाको सिट राख्ने काम सक्नु पर्ने बाध्यता छ ।

साधारण तर्फको प्यारापिटमा सिट जडान सकिए पनि भीआईपीतर्फको प्यारापिट भने विश्वकप छनोट अघि तयार हुने सम्भावना भने निकै कम छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया