सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच जनाको सनाखत

 कात्तिक १७, २०७६ आइतबार १८:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ । 
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया