तेस्रो नेपालभाषा साहित्य महोत्सव हुँदै

 मंसिर ५, २०७६ बिहिबार ६:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालभाषा र साहित्यलाई सक्रिय बनाउन नेपाल भाषा साहित्य महोत्सव हुँदैछ । आउँदो मंसिर ६ र ७ गते काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानको खुला डबलीमा यो महोत्सव आयोजना गर्न लागिएको हो । 

‘नेपालभाषा टाइम्स’ दैनिक पत्रिकाको आयोजनामा तीन वर्षदेखि यो महोत्सव आयोजना गरिँदै आइरहेको छ । पहिलो दुई महोत्सव एक दिवसीय थियो भने अहिले दुई दिन महोत्सव गर्ने तयारी हुँदैछ । 

महोत्सव उद्घाटनका दिन विभिन्न विधाका ७ वटा पुस्तकहरू विमोचन हुनेछन् । वरिष्ठ उपन्यासकार मथुरा सायमिको आत्मकथा, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल संग्रह, युवा कवि तथा समालोचक राजेन्द्र कुमार पुताको ‘गजल समालोचना’ र ‘कविता संग्रह’ गरी दुई पुस्तक, नेपालभाषाका पहिलो जासुसी उपन्यासकार राज सायमिको उपन्यास, उद्धव मास्केको नियात्रालगायत कवि वासुदेव अधिकारीको नेपालभाषामा अनुदित कविता संग्रहको विमोचन हुनेछ । 

महात्सवको पहिलो दिन रञ्जना लिपिको पुनरुत्थान विषयमा अन्तर्क्रिया, साहित्यिक रचना पाठ र अन्तमा संगीत तथा हास्यव्यंग्यपूर्ण प्रहशन प्रदर्शनको कार्यक्रम हुनेछ ।

दोस्रो दिन वरिष्ठ उपन्यासकार मथुरा सायमिसँग उहाँको साहित्यिक यात्राबारे परिचर्चा चलाइने छ भने नेपालभाषाका चलचित्र बारे अर्को अन्तर्क्रिया गरिने छ । साथै रचना पाठ र सांगीतिक कार्यक्रम पनि हुनेछ । 

महोत्सव अवधिमा ३५ जना वरिष्ठ तथा युवा साहित्यकारबाट कविता, कथा वाचन हुनेछ भने कार्यक्रम स्व. पद्मरत्न तुलाधर लिखित प्रहसनका साथै रामकृष्ण खड्गी, विजय मानन्धर लिखित प्रहसन मञ्चन गरिनेछ । त्यस्तै कार्यक्रममा यमन श्रेष्ठ, रानीशोभा महर्जन, रोजी डंगोल श्रेष्ठले गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, वैकुण्ठ भण्डारीले क्यारिकेचर प्रस्तुत गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया