बागलुङ २ (ख) मा ६३ प्रतिशत मत खस्यो

 मंसिर १४, २०७६ शनिबार १९:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्य पदका लागि भएको उपचुनावमा ६३ प्रतिशत मत खसेको छ । 

३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २२ हजार ५ सय ३४ मत खसेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।  

उपचुनावअन्तर्गत बडिगाड गाउँपालिका २ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा भने ६५ प्रतिशत मत खसेको छ । १७ सय ४२ मतदाता रहेको यस वडामा ११ सय ३४ मत खसेको छ । 

मतदान सकिएलगत्तै जिल्लाका प्रदेश क्षेत्र अन्र्तगतका ४३ वटा मतदान केन्द्रबाट मतपेटिका शनिबार नै ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा ल्याउने तयारी छ । आइतबार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । 

बामगठबन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको निधनपछि यो ठाउँ रिक्त रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया