आईएमई जनरल इन्स्योरेन्स ‘एसियाज मोस्ट ट्रस्टिड कम्पनी’ अवार्डबाट सम्मानित

 मंसिर २६, २०७६ बिहिबार १२:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कोर्पोरेसन(आईबीसी) ले एसियाज मोस्ट ट्रस्टिड कम्पनी अवार्डबाट सम्मानित गरेको छ ।

बुधबार थाइल्याण्डको बैंककमा भएको एक कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गर्नुभएको थियो । 

कार्यक्रमका अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगतलगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको उहाँले बताउनुभयो ।

नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

साथै एसियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेको त्यस कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्षभरि नै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले नेपालको भ्रमण गर्न अनुरोध गर्दै स्वागत गर्नसम्पूर्ण नेपालीहरु आतुर रहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया