उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

 पुस ३, २०७६ बिहिबार १६:२७:४४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ ।

उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलमै र १ को उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जीप अनियन्त्रित भएर सडकभन्दा २ सय मिटर तल खस्दा उदयपुर गढी-३ स्थायी घर भएर मोरङ शनिश्चरे बस्ने ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर श्रेष्ठ, ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको ज्यान गएको हाे ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र टीकारामको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनु भयो । 

 

मृतक श्रेष्ठ परिवार पुर्ख्याैली गाउँ बर्रेबाट फर्कने क्रममा दुर्घटनामा परेको एसपी मगरले बताउनुभयाे । उहाँका अनुसार मोरङको पथरी शनिश्चरेमा स्थायी बसोबास गर्ने श्रेष्ठ परिवार सिक्किमको जीप भाडामा लिएर गाउँ आएको र आफन्तजनसँग भेटघाटपछि फर्कने क्रममा दुर्घटनामा परेको हो ।

 

जीपमा रहेका ८ जनामध्ये ४ जनाको मृत्यु भएकाे, दुई जना घाइते भएकाे तथा २ जना सामान्य रहेका प्रहरीले जनाएकाे छ ।

मोरङकाे पथरी शनिश्वरे नगरपालिका ४ बस्ने लक्ष्मीप्रसाद राई, भारतकाे दार्जिलीङ बस्ने २८ वर्षीय पवन राई र भुपाल राईलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गिरएकाे छ । घटनास्थल प्रहरी चौकीभन्दा २३ किलोमिटर टाढा रहेकोछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया