पीपीएल : लिग चरणकाे अन्तिम खेलमा विराटनगरलाई माैका

 पुस ९, २०७६ बुधबार ६:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा लिग चरणको अन्तिम खेलमा बुधबार बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलले इलिमिनेटर खेल्ने टिमको टुङ्गो लगाउनेछ ।

लगातार पाँच खेलमा जित निकालेको चितवन फाइनलमा पुगिसकेको छ । बाँकी दोस्रो र तेस्रो स्थानमा रहने टिमको टुङ्गो यो खेलले लगाउनेछ । जसले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

यो खेलले विराटनगरको मात्र होइन काठमाण्डौको पनि भविष्य देखाउनेछ । आजको खेलमा बुटवल विजयी भएमा काठमाण्डौले इलिमिनेटर खेल्नेछ । यदि विराटनगर विजयी भएमा रनरेटका आधारमा तेस्रो हुने टिमको टुङ्गो लाग्नेछ । आजको खेलमा रनरेट राम्रो गर्नका लागि विराटनगरले भारी अन्तरको जित निकाल्नुपर्नेछ ।

लिग तालिकामा काठमाण्डौको पाँच खेलमा चार अंक रहेको छ । उसको शून्य दशलमव ३९ रनरेट रहेको छ । समान चार अंकका साथ धनगढी ब्लुज चौथो स्थानमा छ । तर उसको रनरेट माइनस एक दशमलव शून्य ६९ रहेको छ ।

त्यस्तै विराटनगरको चार खेलमा २ अंक छ । जसमा उसको रनरेट शून्य दशमलव १७५ रहेको छ । आजको खेलमा विराटनगरले राम्रो अन्तरमा जित निकालेमा मात्र उसको सम्भावना रहेको छ । सामान्य जितले उसको रनरेट बढ्ने सम्भावना कम रहेको छ ।

पोखरा रंगशालामा बिहान साढे ११ बजेबाट सुरु हुने खेलमा बुटवलको लक्ष्य चौथो जित हुनेछ । विराटनगरका लागि भने जसरी पनि भारी अन्तरको जित निकाल्ने रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया