अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा पानी पर्‍याे : राहत महसुस

 माघ २, २०७६ बिहिबार १७:१९:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसुस गरिएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर पनि जलेर मरेका छन् । न्यु साउथवेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् । 

‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसुस त भएको छ तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन्,’ ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । 

वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ कि हुँदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन् । आगलागी हुनुभन्दा अगाडिसम्म दर्जनौँ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए ।   

स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया