ए डिभिजन लिग : आज जावलाखेल र पुलिस तथा मनाङ र थ्रीस्टारबीच खेल हुने

 माघ ४, २०७६ शनिबार ७:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार २ खेल हुँदैछन् । सातौं र आठौं चरणका खेलहरु दशरथ रंगशालामा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भए पनि लगातारको वर्षाका कारण केही खेलहरु एन्फा मैदान सातदोवाटोमा पनि सारिएका छन् ।

सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्रबीचको खेल अन्तिममा सातदोवाटो सारिएको थियो । यस्तै प्रतियोगिता अन्तर्गत शनिबार मध्याह्न १२ बजे हुने खेल सातदोवाटो र दिउँसो तीन बजे हुने खेल दशरथ रंगशालामा तय गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

पहिलो खेलमा शनिबार जावलाखेल र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुने छन् । जावलाखेल जारी लिगमा पाँचौं स्थानमा छ भने पुलिस सातौं स्थानमा छ । शनिबारकाे खेलमा पुलिस विजयी भए पाँचौं स्थानमा उक्ल्ने छ भने जावलाखेल विजयी भए चौंथो स्थानमा पुग्ने छ ।

प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो ३ बजे मनाङ मर्स्याङ्दी र थ्रीस्टार आमने सामने हुँदैछन् । मनाङ तेस्रो र थ्रीस्टार चौथो स्थानमा रहे पनि यी दुई टिमको अंक अन्तर भने २ रहेको छ ।

शनिबारको खेलमा मनाङ विजयी भए शीर्षस्थानमा पुग्ने छ भने थ्रीस्टार विजयी भए शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अंक बराबरी गर्ने छ । आर्मी १३ अंकका साथ शीर्ष स्थानमा रहँदा मछिन्द्र पनि समान १३ अंकका साथ दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया