लामिछानेका कृतिलाई अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गरिने

 माघ १०, २०७६ शुक्रबार १९:२४:३५ | रासस
unn.prixa.net

काठमाण्डाै - शङ्कर लामिछाने प्रतिष्ठानले शङ्कर लामिछानेका कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अङ्ग्रेजी र विभिन्न भाषामा अनुवाद गराउने भएको छ ।

लामिछानेको निबन्धकारिताबारे आज प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँका कृतिको नेपालीमा पुनः मुद्रण तथा वेबसाइट व्यवस्थित गरी पढ्न मिल्ने बनाउनाका साथै अनुवादका शृङ्खला चलाइने जानकारी दिएको छ । 

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग समेत समन्वय गरी लामिछानेका  कृतिको विश्वव्यापीकरण गरिने बताउनुभयो । उहाँले आगामी चैत ५ गते लामिछानेको जन्मजयन्तीका अवसरमा पुरस्कार वितरण र दया फाउण्डेशनलाई सम्मान गरिने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा  समाजका पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौलाले लामिछानेका चार कृतिको एकीकृत सङ्कलनको पुस्तक लोकार्पण गर्नुभयो । सङ्कलनमा निबन्धसङ्ग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, ‘विम्ब प्रतिबिम्ब’, ‘गोधुली संसार’ र कथासङ्ग्रह ‘गौथलीको गुँड’ समाविष्ट छ ।

‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले विसं २०२४ को मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ । सिटौलाले नेपाली साहित्य र सिर्जना विश्वस्तरमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै अनुवादमा जोड दिन आग्रह गर्नुभयो ।

साहित्यकार प्रमोद प्रधान, महेश पौडेललगायतले लामिछानेलाई नेपाली साहित्यको ‘निबन्ध शिरोमणि’का रुपमा चित्रण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया