मेमाेरी कार्डकाे विषयमा विवाद : श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमानसहित चार जना पक्राउ

 माघ २०, २०७६ सोमबार १५:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मोबाइलकाे मेमाेरी कार्डकाे विषयमा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । 

२२ वर्षीया चिन्तामणि पासवानकाे हत्या आरोपमा पक्राउ परेका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासू कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे । 

गएकाे माघ १८ गते मोबाइलको मेमोरी कार्डकाे विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद र झैझगडा भएको र त्यही विषयलाई लिएर परिवार नै मिलेर निर्ममतापूर्वक कुटपिट गरी, बुहारीकाे घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनाबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो, 'चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनि हल्ला–खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर उनीहरु फरार भए । शव शङ्कास्पद देखिएपछि प्रहरीले खोजी गर्दा घटना सार्वजनिक भयाे ।' 

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले गएकाे माघ १९ गते जनकपुरधाम उपमहानगरपालिका ४ काे पेठिया बजारबाट ससुरा र श्रीमान्लाई जनकनन्दनी गाउँपालिका २ काे बलहा टोलबाट लुकिरहेको अवस्थामा पक्राउ गरेकाे थियाे । साथै सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको हाे । 

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी बस्नेतले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया