आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको अन्तिम खेलमा मच्छिन्द्र क्लबले सङ्कटा क्लबमाथि तीन–एककाे जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रकाे जितमा देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक राईले एक–एक गोल गरे ।
सङ्कटाका लागि मेसोउकेले एक गोल फर्काए । मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई दुई अङ्कले पछि पार्दै उपाधि होड कायमै राखेको छ । यद्यपि आर्मीले एक खेल खेल्न बाँकी छ ।
सङ्कटा क्लब १२ अङ्क जोड्दा तालिकाको सातौँ स्थानमा रहेको छ । यसअघि साेमबार नै भएका अन्य खेलमा सशस्त्र प्रहरीको एपीएफ टिम र च्यासल युथ क्लब विजयी भएका छन् ।