विप्लव समूहका विद्यार्थी नेता पक्राउ

 फागुन २४, २०७६ शनिबार १८:३४:१९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरबाट नेत्रविक्रम चन्द 'विप्लव' समूहका विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

राईलाई जिल्लाको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले राईको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले केही दिनअगाडि विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया