यूएईमा कोरोना सङ्क्रमित नेपालीको संख्या ११ पुग्यो

 चैत २४, २०७६ सोमबार १५:५४:११ | उमाकान्त पाण्डे

यूएई - संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ जना नेपालीमा कोरोनाको सङ्क्रण भएको पुष्टि गरेको हो ।

आइतबार साँझसम्ममा ४ महिला सहित ११ जना नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासकी प्रवक्ता एवं उपनियोग प्रमुख रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

११ जना नेपालीमध्ये दुई जना यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन । बाँकी ९ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

'दुई जनाको सफल उपचार भएको छ, अरुको पनि निःशुल्क उपचार भैरहेको छ' यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो । उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले यूएईको स्वास्थ्य उपचार पद्धति राम्रो भएको र सङ्क्रमित सबै युवा उमेर समूहका भएकाले सबैको सफल उपचार हुनेमा विश्वाश व्यक्त गर्नुभयो ।

राजदूत ढकालले नेपाल तथा यूएई सरकारसँग नियमित सम्पर्क भैरहेको र दूतावासले नेपालीहरुकोबारेमा जानकारी लिइरहेको पनि बताउनुभयो ।

यूएईमा कोरोनाबाट अहिलेसम्म १७ सय ९९ जना सङ्क्रमित भएका छन् । यसमध्ये १ सय ४४ जना निको भैसकेका छन भने १० जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया