‘हरेक विपद्ले केही न केही पाठ सिकाउँछ’ : चित्रकार ज्योतिप्रकाश

(साथमा लकडाउनमा उहाँले कोर्नुभएका केही चित्रहरु)

 बैशाख ९, २०७७ मंगलबार १५:२:२६ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - अध्यापनसँगै सङ्गीत र चित्र कोर्न रमाउने ज्योतिप्रकाशले हिजोआज आफ्नो कलालाई अझ निखार्न पाउनुभएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि धेरै जनाले दिन कटाउनै मुस्किल भयो भनिरहँदा कलाकार ज्योतिप्रकाश भने यथार्थपरक चित्र कोर्न व्यस्त हुनुहुन्छ ।

चित्रकार ज्याेतिप्रकाश

हुन त उहाँ सानैदेखि चित्र काेर्नमा रमाउनु हुन्थ्यो । विद्यालय पढ्दादेखि नै चित्रकलामा रुचि देखेपछि उहाँलाई शिक्षकले ललितकला पढ्न सिफारिस गर्नुभयो ।

नवलपरासीमा माध्यमिक तहको शिक्षा सकेपछि ललितकला क्याम्पसमा भर्ना हुन काठमाण्डौ आउनुभएका उहाँले अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला केन्द्रीय विभागमा कला विषय अध्यापन गराउँदै आउनुभएको छ । समय अनुसार सन्देशमूलक चित्र बनाउनु उहाँको विशेष रुचि हो । लकडाउनले सिर्जनशील मानिसलाई अवसर दिएको उहाँको बुझाइ छ ।

कोलाहलबाट एकान्तवासमा समयसँगै आफैलाई पनि चिन्ने उत्तम अवसर भएको कलाकार ज्योतिप्रकाश बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हरेक विपद्ले केही न केही पाठ सिकाउँछ ।’

लकडाउनमा ज्योतिप्रकाशले कोर्नुभएका केही चित्र :

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया