चित्रले चिटिक्क काठमाण्डौका भित्ता (फोटो फिचर)
बैशाख १५, २०८१ शनिबार
धनकुटा - लकडाउनको समय बढेसँगै जिल्लाका घरधनीहरुले आफुले भाडामा लगाउँदै आएको घरभाडा मिनाहाको घोषणा गरेका छन् ।
लकडाउनका कारण उद्योगी, व्यवसायीहरुको व्यवसाय धराशायी बन्दै गएपछि राहतस्वरुप धनकुटा र हिलेबजारका घरधनीहरुले स्वत स्फूर्त रुपमा घरभाडा मिनाहाको घोषणा गर्न थालेका हुन् ।
लकडाउनको प्रत्यक्ष मारमा उद्योगी, व्यवासायी परेकोले केही हदसम्म भए पनि उनीहरुलाई राहत पु¥याउने उद्देश्यले धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई सहित एकदर्जन घरधनीहरुले लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा छुट दिने बताएका छन् ।
लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भइ व्यावसायीहरुलाई ठूलो आर्थिक संंकट भएकाले धनकुटा नगरपालिका–५ धरहरा चौकको घरमा व्यापारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् घरधनी राईले बताए ।
त्यस्तै धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, हिले बजारका थामबहादुर लिम्बू र हेमकुमारी लिम्बू, जंग क्षेत्री, निरबहादुर गोम्देङ, धनकुटा नगरपालिका–६ का पूर्णकृष्ण श्रेष्ठ, युवराज निरौला लगायतले पनि लकडाउन अवधीको घरभाडा छुट दिने घोषणा गरेका छन् ।
धनकुटा नगरपालिका–१ हिले घर भई हाल बेलायत बस्दै आएका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका सदस्य एवम् व्यवसायी गणेश थापाले बताए ।
लकडाउनका कारण व्यवसाय चौपट भएको बेला घरधनीले घरभाडा मिनाहा गरेर आफुहरुलाई राहत मिलेको व्यवसायीहरुले बताएका छन् ।