दुबई : मध्यरातमा नेपाली र बंगलादेशी कामदारको झडप, नेपाली कामदार घाइते

 बैशाख ३१, २०७७ बुधबार ८:४७:१६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा कामदारहरुबीच झडप भएको छ ।

नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् ।

दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झडप भएको हो । झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चोट लागेको छ भने अन्य केही नेपालीको शरीरमा नीलडाम बसेको छ ।

नेपाल फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो । तीनै कामदार नेपाल जान नपाउँदा थप आक्रोशिट हुने, डिप्रेसनमा जाने तथा जाँड रक्सी खाएर समस्या सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ ।

दुई दिन पहिले जाँड रक्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हातपात गर्दै गेटपालेलाई कुटेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होहल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कुटपिट गरेपछि झडप भएको हो ।

कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिटिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् । क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कुटेकोले शरीरमा सुम्ला उठेको, नीलडाम बसेको पीडितहरुले बताएका छन् ।  

घटनाबारे जानकारी पाएलगत्तै एनआरएन यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुग्नुभएको थियो । उहाँहरुकै रोहबरमा नेपालीहरुलाई सम्झाइबुझाइ गरिएको थियो ।

दुबई प्रहरीले वर्तमान समयमा संयमित हुन भन्दै घटना दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । कामदारले कम्पनीका म्यानेजर सुपरभाइजरले कुटेको भने पनि मन्सुर नाम गरेका एक बंगलादेशी कामदारले कुटेको प्रहरीलाई उद्धृत गर्दै एनआरएन यूएईका उपाध्यक्ष शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।    
 
झडप भएको मजदुर शिविरमा झन्डै ३ सय धेरै नेपाली कामदर बस्दै आएका छन् । त्यस कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएई नेपाली समाज अन्तरगतका संघसस्थाहरुले राहत दिँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

3 Comments

  • Ramprasad Poudyal

    May 13, 2020, 9:25 p.m.

    के गर्ने ? मल्हम पट्टि लगाउनु होला।मेरो देशको आशा नगर्नु।

  •  0 Reply
  • Ramkrishna poudel

    May 13, 2020, 3:27 p.m.

    अब पनि सरकारले नेपालीलाई नेपाल लगेन भने त्यो भन्दा पनि ठूलो घटना हुन सक्छ ...अझै केहि बिग्रेको छैन / शुरु गरिहालौं कि आफ्आना नागरिकलाई आफ्नो घर लाने काम , यदि लान नै नसक्ने हो भने नेपाल सरकारले टिकट लिएर एयरपोर्टवाट फर्केका र काम नभएका नागरिक धेरै छ यहाँ / न कम्पनी छ, न काम नै छ ..तलव कसले दिन्छ यतिका दिन बसेर कि घर पठाइदेउ कि जब नेपाल सरकारले लान्छु भन्छ त्यतिन्जेल काम मिलाइदेउ यहाँ /फोकटमा बसे वापतको केहि व्यवस्था होस् यहाँ ...न घर जान पाइन्छ...न काम पाइन्छ यहाँ ..तलव कसले दिन्छ / घरमा कमाउने मान्छे म यहाँ यसरी बिना काम वेतलवमा बस्नु परेको छ ..अनि तनाव हुन्न मान्छेलाई २/४ -१०/१५ दिन भन्दा भन्दा दुई महिना सकिन लाग्यो यसरी बसेको /

  •  0 Reply
  • प्रेम बहादुर पुन मगर

    May 13, 2020, 12:59 p.m.

    मिडिया भनेको सत्य तथ्य बुझेर मात्र न्युज बनाउने हो ....के फोटो हेर्दा झडप जस्तो लाग्छ र ??

  •  0 Reply

तपाईको प्रतिक्रिया