भक्तपुर : टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते

 जेठ १३, २०७७ मंगलबार ७:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते भएका छन् ।

बा ४ ख ४७०१ नम्बरको टिपरले साेमबार राति ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ ।

टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया