पर्वत : दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुकाे सामूहिक अन्त्येष्टि

 असार २, २०७७ मंगलबार ६:४०:३२ | सन्तोष थापा
unn.prixa.net

पर्वत - कुश्मा नगरपालिका वडा नम्बर-३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीमा ६२ वर्षीय तुलबहादुर थापा र उहाँकी श्रीमती ५८ वर्षीया मिनकुमारी थापालाई एउटै चितामा तथा नाति सम्राट, नातिनी बिबिसालाई छुट्टाछुट्टै चितामा अन्त्येष्टि गरिएकाे हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उहाँकी छोरी ८ वर्षीया जेनिशा विकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको थियो ।

अम्मरबहादुर थापाले बावुआमा तुलबहादुर दम्पती तथा छोराछाेरी सम्राट र बिबिसालाई दागबत्ती दिनुभएकाे थियाे । त्यसैगरी कमला विक र उहाँकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिनुभएकाे थियाे।

पहिरोमा एकै घरका ६ जनासहित ८ जनाको ज्यान गएको थियो भने बेपत्ता १३ वर्षीय जेनिश विककाे अझै पत्ताे लाग्न सकेकाे छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया