आज खाडीका चार देश र मलेसियाबाट आइपुगे नेपाली, कतारबाट १० शव पनि ल्याइयो

 असार १६, २०७७ मंगलबार ११:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज खाडीका चार देश र मलेसियाबाट नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट नेपाली लिएर आएको जहाजले १० जना नेपालीको शव पनि ल्याएको छ ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ६२ जना नेपालीसहित १० वटा शव पनि नेपाल पठाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट रामविष्णु बुढा, अनिल श्रेष्ठ, देशबहादुर तामाङ, राजु कुर्मी, रन्जित चौधरी, मोहन तामाङ, मोहम्मद इब्राहिम, जीतनारायण मुखिया, मोहम्मद जियाद हक र छबिबहादुर थापाको शव ल्याइएको हो ।

कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेका २१ जना महिला र २४१ जना पुरुष आज चार्टर्ड जहाजमार्फत स्वदेश आइपुगेका छन् । कोरोनाको कारण नेपाल फर्कनैपर्ने अवस्थामा रहेकाहरुमध्ये प्राथमिकतामा परेकालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यस्तै आज यूएईबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक नेपालीको शव पनि ल्याइएको बोर्डले जनाएको छ ।

मलेसियामा समस्यामा परेका नेपाली लिएर नेपाल एअरलाइन्सकै चार्टर्ड जहाज आज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै कुवेतबाट पनि समस्यामा परेका नेपाली आज नेपाल एअरलाइन्सकै चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज साउदीको दमामबाट पनि नेपाली स्वदेश आइपुगेका छन् । आज पनि आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल पठाउँदैछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया