गुल्मी पहिराे : घाइतेहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लगियो

 असार १९, २०७७ शुक्रबार १९:३४:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – इस्मा गाउँपालिकाको मल्दीमा बिहीबार राति गएको पहिरोमा परि घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर काठमाण्डौ लगिएको छ । 

पहिरोमा परेर घाइते भएका इस्मा गाउँपालिका १ का पाँच वर्षीय अयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुको उद्धार गरिएको हो । सांसद गोकर्ण विष्टको पहलमा हेलिकप्टर गुल्मी गएको हो । उहाँले पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेप्रति समवेदना प्रकट गर्नुभएको छ । 

पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको छ भने होटलमा बास बस्नुभएका मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ ।

सांसद विष्टले पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरी फर्कनुभएको छ । 

बिहीबार राति १२ बजेको समयमा बस्तीदेखि पाँच सय मिटर माथिबााट पहिरो खसेको थियो । पहिरो खसेपछि त्यस क्षेत्रका १ सय १६ घरपरिवार बिस्थापित बनेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले बताउनुभएको छ । पहिरोले इस्मा गाउँपालिका ४ दोहोलीमा क्वरेण्टीन बनाइएको.विद्यालय पनि भत्केको छ । 

पहिरोबाट विस्थापित बनेका परिवारलाई पालिकाले हस्तीचौरको हिमालय माध्यमिक विद्यालयमा अस्थाइ रुपमा व्यवस्थापन गर्न सुरु गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया