बझाङ जिल्लाका २९ हजार विद्यार्थीलाई घरघरमै पौष्टिक आहार वितरण

 असार २७, २०७७ शनिबार १०:५:३७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाका २९ हजार एक सय विद्यार्थीहरुलाई  पौष्टिक आहार वितरण गरिएको छ ।

सामाजिक दूरीलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमले जिल्लाका १२ वटै पालिकामा रहेका विद्यार्थीहरुलाई पौष्टिक आहार घरघरमा नै उपलब्ध गराएको हो ।

शुक्रबार मात्रै जिल्लाको जयपृथ्वी नगरपालिका–५, माझेशैनको भैरव आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना बालबालिकाहरुलाई आहार वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक मदनराज उपाध्यायले बताउनुभयो । 

यू.एस.डी.ए.को सहयोग, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षाका लागि खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत रहेर पौष्टिक आहार वितरण गरेको हो ।

तीन महिनासम्मको बन्दाबन्दीका कारण विद्यालय जान नपाउँदा पौष्टिक आहार नपाएपछि घरमै गएर आहार वितरण गरिएको यस कार्यक्रमका सुदूरपश्चिम प्रदेश बझाङका संयोजक राजेन्द्र रसाइलीले बताउनुभयो ।

२०५७ सालदेखि बझाङ जिल्लामा लागू भएको यस कार्यक्रममार्फत अहिलेसम्म जिल्लाभर  १ हजार ७ सय ४६ क्विन्टल चामल, ४ सय ३६ क्विन्टल दाल र  १४ हजार ५ सय ५० लिटर तेल वितरण गरिएको रसाइलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया