महंगो भाडा तिर्छु भन्दा पनि टिकट पाएका छैनौं

 असार २८, २०७७ आइतबार ८:१०:३५ | मेरो कथा मेरो भोगाई

जीवन न्यौपाने, झापा, हाल यूएई ।

अहिले नेपालीहरु घर फर्किरहेका छन् । रोजगारदाता कम्पनीले टिकट दिए त ठिकै हो । नत्र त अहिले फर्कनेलाई साह्रै मर्का परेको छ ।

महिनौंदेखि बेरोजगार भएकाको साथमा न पैसा छ, टिकट काट्न सक्ने हैसियत । त्यसमाथि पनि सामान्य अवस्थामा भन्दा महंगो भाडा लिइएको छ । आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि टिकट पाएका छैनौं । कसरी हुन्छ यो उद्धार ? म यूएईमा छु । यूएईको एक होटलमा काम गर्थें । तर कोरोनाको कारण यहाँका होटलहरु सबै बन्द भएका छन् ।

कोरोना महामारीकै बीचमा केही खुकुलो भए पनि होटल खुल्ने नखोल्ने अन्यौलमा छ मेरो कम्पनी । यो महामारीको समय भएकाले मलाई कम्पनीले लामो बिदा दिएको छ । तीन महिना भयो कोठामा बसेर खाएको । कहिले नेपाल फर्कन पाइएला थाहा छैन । तर पनि आश मार्न सकेको र्छन । घर फर्कन पाउने आशमा बसिरहेको छु । समस्या के भयो भने हामी आफैं टिकट काटेर आउने अवस्था छैन ।

कम्पनीले टिकट पाइएन मात्र भन्छ । यो चार्टर्ड उडानको समयमा टिकट नपाएको भन्दै कम्पनीले अब नियमित उडन खुलेपछि पठाउने भनेको छ । अहिले महंगो भाडा हुँदा कम्पनीलाई गाह्रो भएको छ । अरु देशका नागरिकलाई मेरो कम्पनीले पठाइसकेको छ । तर हामीलाई पठाएको छैन ।

अब बरु सरकारले नियमित उडान गरिदिए हामीलाई स्वदेश फर्कन सजिलो हुने थियो । यसरी त खै कहिले पालो आउला थाहा छैन । हामीलाई आफ्नो देश, आफ्नो मातृभूमिको माया छ । हामी सुरक्षित रुपमा आफ्नो देश फर्कन चाहन्छौं तर खै हामी परदेशीको पीडा कसले बुझ्ने ? सरकारले नै हामीलाई घर फर्कन नसक्ने परिस्थितिमा ल्याइपु¥याइदियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया