आशा छ गाउँमा एक्लै भएका बुवाआमाले फेरि छोराछोरीको साथ पाउनेछन्

 साउन ६, २०७७ मंगलबार १७:३:५२ | मेरो कथा मेरो भोगाई

रमेश क्षेत्री, पोखरा, हाल सेसल्स ।

सबैले भन्छन् कोरोनाले सबै कुरा बिगार्‍यो । तर मलाई लाग्छ कोरोनाले हामीलाई धेरै कुरा सिकाएको पनि छ ।

अझ धन कमाउन र गाउँ छाडेर परदेश हिँडेका मजस्ता युवालाई त झन धेरै कुरा सिकाएको छ । परदेशमा हुनेले यतिबेला के मात्र भोगेका छैनन् ! दुःख, अभाव डर र त्रास सबैथोक भोग्न परेको छ । एकातिर कोरोना लाग्ला भन्ने डर, अर्कोतिर छैन रोजगारीको भर ! अनि साहुको ऋण त छँदैछ ।

यी चिन्तनले नै अहिले परदेशीलाई आफ्नै ठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने महसुस गराएको छ । महामारीमा परेका युवालाई उद्धार गर्नुपर्दा सरकारलाई पनि लागेको होला नि यिनीहरुको पौरख देश विकासमा लगाउन पाएको भए !

अनि हामीलाई पनि लागेको छ परदेशमा दुःख सहनुभन्दा त आफ्नै बाँझो जमिनमा लहलह धानका बाला झुलाउन पाएको भए ।

यसअघि यस्तो लागेको थिएन । तर अब लागेको छ । यो अनुभवले पनि मलाई लाग्छ अब धेरैले खेर गएका खेतबारीमा खनजोत गरी सुन फलाउनेछन् । परदेशको खटाइबाट मुक्त हुनेछन् । सहर होइन गाउँलाई नै प्यारो ठान्नेछन् । गाउँलाई हराभरा बनाउने सोच बनाउनेछन् ।

सबैले आफ्नै गाउँठाउँमा केही गर्दा विस्तारै आफू आफ्नै देशमा आत्मनिर्भर हुनेछन् । विदेश जान ऋण काढ्न गाउँगाउँ डुल्नुपर्ने दिनको अन्त्य हुनेछ । देश छाडेर विदेश जाने होडले बाँझा भएका जमिन हराभरा हुनेछन् । एक्लै भएका बुवाआमाले फेरि आफ्नो छोराछोरीको साथ पाउनेछन् ।

मान्छे जत्रै भएर उम्रिएका झारहरु अब उखेलिनेछन् । ऐंचोपैंचो सुरु हुनेछ । मेलापात, खेताला, अर्मपर्म सुरु हुनेछ । मलाई लाग्छ यो कोरोनाले गाउँलाई एकपटक फेरि गाउँजस्तै बनाइदिनेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया