बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि बन्द

 साउन ३०, २०७७ शुक्रबार १९:३४:५१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ सदरमुकाम चैनपुर जोड्ने एक मात्रै खाड्पे बझाङ सडक बन्द छ । जयपृथ्वी राजमार्गको तमैलको जाले बगरमा सेती नदीले सडक कटान गरेको पाँच दिन बितिसक्दा पनि नखुलेकाे हाे ।

भत्किएको सडक मर्मत नभएपछि जिल्लाभित्र चल्ने गाडी बीच बाटोमा नै रोकिँदा यात्रुलाई सास्ती भएको छ । 

सडक मर्मत गर्ने सडक डिभिजन कार्यालय बैतडीले काम छिटो छरितो नगरेका कारण समस्या भएको स्थानीयकाे आराेप छ । गएको सोमबार सेती नदीमा बाढी आएपछि तमैलको जाल्या बगरमा २० मिटर सडक नदीले कटान गरी भत्काएको थियो । जिल्लाको सदरमुकाम जोड्ने सडक बन्द भएको पाँच दिन भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीय शिवराज रोकायाले बताउनुभयो । 

अहिले चैनपुरबाट गएका गाडीहरु तमैलमा नै रोकिने गरेका छन् भने जिल्लाको तल्लो क्षेत्र विथ्थडचिर बुंगल नगरपालिकालगायतका पालिकाबाट आएका गाडीहरु परीगालमा नै रोकिएका छन् । सडक बन्द हुँदा सदरमुकाम चैनपुरमा तराईबाट आयात हुने तरकारी र खाद्यान्न नआएपछि बजारमा  दैनिक उपभोग्य वस्तुको समेत अभाव हुने देखिएको छ । 

सडक डिभिजन कार्यालय बैतडीका प्रमुख रमेश चौधरीले सडकमा बढी क्षति भएका कारण मर्मत गर्न केही समय लागेको बताउँदै अबको २/३  दिनभित्र सडक खुल्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया