बाढीले विद्युत् प्राधिकरणको गाडी बगाउँदा एक जनाको ज्यान गयो, दुई जना बेपत्ता

 असोज ७, २०७७ बुधबार १९:३९:५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – वाणगङ्गा नगरपालिका ७ को कजवेमा बाढीले विद्युत् प्राधिकरण जीतपुर फ्युज शाखाको गाडी बगाउँदा एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । 

मोतीपुर भलवाड सडक खण्डमा रहेको यो कजवेमा आएको बाढीले जितपुरमा रहेको स्विच सेवाको बा १ ञ १०८९ नम्बरको गाडी बगाएको हो । गाडीमा प्राधिकरणको जितपुर स्विच सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेलसहित चार जना प्राधिकरणका कर्मचारी र अन्य दुई जना बाटोमा लिफ्ट मागेर चढ्ने नागरिक थिए । 

बेपत्ता दुई जनामध्ये गाडीका चालक माधवप्रसाद पाण्डेको शव भेटिएकाे छ । स्विच सेवा इन्चार्ज पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशवप्रसाद भाट भने बेपत्ता रहेको घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

गाडीलाई बाढीले बगाउँदै गर्दा गाडीबाट हाम फालेर तीन जनाले ज्यान जोगाएका छन् । विद्युत् कर्मचारीहरु विजय पोख्रेल, परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगङ्गा नगरपालिका ९ की शिक्षिका कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

बेपत्ता अन्य दुई जना र गाडी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरु मिलेर खोजी अघि बढाइएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया