विश्वभर १० मध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने : डब्ल्यूएचओ

 असोज २०, २०७७ मंगलबार ९:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ ।

अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् ।

विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया