गम्भीर लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढ्यो : डा. बाँस्ताेला

 मंसिर ६, २०७७ शनिबार ८:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लक्षण देखिएका सङ्क्रमित होम आइसोलेशनमा बस्दा गम्भीर समस्या हुन सक्ने भन्दै डाक्टरले लक्षण नभएमा मात्रै घरमै बस्न सुझाव दिएका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने जोखिम बढेको सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

उहाँका अनुसार लक्षण नदेखिएका, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमित मात्रै होम आइसोलेशनमा बस्नु पर्छ । तर उच्च ज्वरो आए, श्वास फेर्न गाह्राे भए, गन्ध तथा स्वाद थाहा नभए, खोकी लागिरहे, टाउको दुखिरहे र पखाला लागिरहे अस्पताल जानु  पर्ने डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो । खोकी र ज्वरो बढिरहेको भए तुरुन्त अस्पताल जान उहाँको सुझाव छ ।

उहाँका अनुसार लक्षणसहितको कोरोना सङ्क्रमितमा निमोनियाको लक्षण देखिन झण्डै ५ देखि १० दिन लाग्छ । रातिको समयमा श्वासप्रश्वासको समस्या बढ्ने उहाँले बताउनुभयो । यस्तै, अक्सिजन कम भएमा कतिपयले घरमा नै अक्सिजन लिएर बस्दा निमोनियाको समस्या बढेर जाने गरेको पाइएको छ ।

निमोनिया भएर पनि घरमै बस्यो भने थप स्वास्थ्य जटिलता बढ्ने उपचारपछि पनि सुधार हुन मुस्किल पर्ने डाक्टर बाँस्तोलाले बताउनुभयो । पछिल्लो समय एक्कासी स्वास्थ्य समस्या देखिएर बिरामीलाई अस्पतालमा पुर्याउँदा शैय्या नपाउने समस्या बढेको छ । यही कारण कतिपयको अस्पतालमा शैय्या खोज्दाखोज्दै, अस्पतालसम्म जान गाडी खोज्दाखोज्दै पनि ज्यान जाने गरको पाइएको  छ ।

यस्तै, कतिपय बिरामीहरु भने कोरोनाको लक्षण देखिँदा पनि १४,१५ दिन आइसोलेशनमा बस्नु पर्छ भनेर पीसीआर परीक्षण नै नगराइ घरमै बसिरहँदा पनि समस्या भएको डाक्टरले बताएका छन् । अहिले काठमाण्डौ उपत्यकाको अस्पतालमा भर्ना हुनेमा धेरैजसो अक्सिजन चाहिने र गम्भीर खालका सङ्क्रमितहरु मात्र रहेका पनि डाक्टर बाँस्तोलाले बताउनुभयो ।

अस्पतालको आईसीयू अहिले पनि भरिभराउ नै रहेको उहाँले बताउनुभयो । तर आइसोलेशन वार्डहरु भने खाली हुँदै गएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया