नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउने १४ सय नाघे

 मंसिर ११, २०७७ बिहिबार १६:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो । 

पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् । 

यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् । 

यस्तै गएको २४ घण्टामा नाै हजार चार सय ९१ जनाकाे नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया