गुल्मीमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ६ पुग्यो : दुई जना घाइतेको उपचार चल्दै

 मंसिर १२, २०७७ शुक्रबार १०:५७:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया