महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिनुपर्छ : मन्त्री नेम्वाङ

 मंसिर १२, २०७७ शुक्रबार १५:१०:७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नु नै हितकर देखिने बताउनुभएको छ ।

गृह जिल्ला पाँचथर आउनुभएका मन्त्री नेम्वाङले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । मन्त्री नेम्वाङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नुपर्ने पनि बताउनुभयो ।

नेताहरूबीच छलफल भइरहेकाले सचिवालयबाटै समस्या समाधान हुने अपेक्षा राखिएको उहाँको भनाइ रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया