जीप दुर्घटना हुँदा इलाममा २ जनाकाे ज्यान गयाे

 मंसिर १५, २०७७ सोमबार २०:२१:२४ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलाममा जीप (पीकअप) दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका ५ काे लुम्देमा जीप दुर्घटना हुँदा सोमबार दुई जनाको घटनास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेहरूकाे परिचय नखुलेकाे प्रहरीले जनाएकाे छ । गाडी चालकसहित एक जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  प्रहरीका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल इलाम ल्याइँदैछ । 

लुम्देको कुलुङे भन्ने ठाउँमा बाटो घुमाउरो भएकाले जीप अनियन्त्रित भइ सडकबाट पाँच सय मिटर तल खसेको स्थानीय जनप्रतिनिधि कृष्ण राईले जानकारी दिनुभयो ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरीको टोली गएको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया