निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा गएको कात्तिक ३० गते हराएका एक बालक मृत भेटिएका छन् । हिलिहाङ ६ का आईन्द्र हाङसरुम्बाको तीन बर्षीय छोरा कार्तिके भिरको ओडारमा मृत भेटिएका हुन् ।
आफ्नै घर वरिपरि खेल्ने क्रममा कात्तिक ३० गतेदेखि अचानक हराइरहेका बालकको खोजी भइरहेकोमा ओडारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बालकको शवलाई सोमबारै जिल्ला अस्पताल पाँचथरमा परीक्षण गरि परिवारलाई बुझाइएको पाँचथर प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।