भिरबाट लडेका व्यक्तिको उद्धारसम्बन्धी ‘सिमुलेसन अभ्यास’ प्रदर्शन

 पुस ३, २०७७ शुक्रबार ११:३९:४७ | सन्तोष थापा
unn.prixa.net

पर्वत - जिल्ला प्रहरी कार्यालय पर्वत र विपद् व्यवस्थापन गुल्म बाग्लुङको आयोजनामा भिरबाट लडेका व्यक्तिहरुको उद्धारसम्बन्धी सिमुलेसन अभ्यास प्रदर्शनी भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा कुश्मा नगरपालिका-४ काे गुप्तेश्वर गुफासँगैको भिरमा यस्ताे प्रदर्शनी गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले देशका तीन वटै तहका सरकार मिलेर विपद् व्यवस्थापन कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गण्डकी प्रदेश पहाडी भू-भाग भएकाले पनि दैनिकजसो विपद्का घटना भइरहेकाले त्यस्ता ठाउँमा तत्काल उद्धारका लागि तालिम प्राप्त व्यक्तिहरुको आवश्यकता रहेको बताउनुभयो । मन्त्री चुमानले गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई अभ्यास तालिमका लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेर अघि बढेको र स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर विपद् व्यवस्थापनका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । 

पछिल्लो समय जिल्लामा विपद्का घटनाहरु बढिरहेका बेला तत्काल खटिएर घाइतेहरुको उद्धार कार्यमा संलग्न हुन सजिलो होस् भन्ने उद्देश्यले अभ्यास गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार यो वर्ष मात्रै पर्वतमा ४ जनाभन्दा बढीको भिरबाट लडेर ज्यान गएको तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया