पशुजन्य उत्पादनमा अर्घाखाँचीकाे पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

 पुस १०, २०७७ शुक्रबार ९:३०:३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - लुम्बिनी प्रदेशभित्र रहेका पालिकामध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेकोमा अर्घाखाँचीको पाणिनि गाउँ पालिका पुरस्कृत हुने भएको छ ।

प्रदेशभित्र रहेका १ सय ९ वटा पालिकामध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट काम गर्न सफल भएको हो । गाउँपालिकाका अध्यक्ष अच्युत गौतमल कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनु भयो । 

पाणिनि गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष  कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै ३ करोड रुपैयाँ रकम विनियोजन गरिएको गौतमले बताउनुभयो ।

यस वर्ष गाउँपालिकाले दूधमा प्रति लिटर पाँच रुपैयाँ अनुदान दिने भएको छ । गएको वर्ष दूधमा प्रति लिटर २ रुपैया ५५ पैसाका दरले अनुदान दिएको थियो ।  गाउँपालिकामा १० वटा डेरी र ५ वटा पोल्ट्री फर्म सञ्‍चालनमा छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा अस्ट्रेलियाबाट २५ वटा शतप्रतिशत बोयर जातको बाख्रा ल्याएको थियो । आफ्नाे गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागिएको अध्यक्ष गौतमले बताउनुभयो ।  अहिले यहाँ २३ वटा बोयर पाठापाठी  हुर्केका  छन् ।

बाख्राका पाठापाठी अहिलेलाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्था समेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी ३ वटा स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको  बीमा, दाना औषधि उपचार र खोर निर्माणमा पालिकाले खर्च दिँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया