केही नेताहरुको दम्भका कारण यो परिस्थिति उत्पन्न भयो : परराष्ट्र मन्त्री ज्ञवाली

 माघ १०, २०७७ शनिबार २०:४२:३४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डको दम्भ, आवेग र उत्तेजनाका कारण देशमा अस्थीरता उत्पन्न भएको बताउनु भएको छ ।  

वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्न खोज्दा खोज्दै पनि आफ्नै पार्टिका नेताहरुले घेराबन्दीमा पारेर पाइला पाइलामा समस्या सिर्जना गर्न खोज्दा देशमा यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुंगा नगर कमिटी गुल्मीले सनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । जनता प्रति विश्वास नभएका कारण प्रचण्ड पक्षधरहरु गलत बाटोमा हिँड्न खोजेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त बाटो नहिड्न आग्रह समेत गर्नु भयो ।

‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटो प्रति हो, व्यक्ति प्रति हैन’, मन्त्री ज्ञवालीले भन्नु भयो ।  

गलत कुराहरुसँग बारम्बार सम्झौता गर्नु भन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधि सभा विघटन गरि चुनावको घोषणा गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी पनि गर्नु भयो । ‘चारजना नेताहरु बन्द कोठामा बसेर लेनदेन गर्ने कुरा लोकतान्त्रिक हुने, त्यही जनताबाट लिएको विश्वासलाई जनताकै बीचमा पुर्‍याउनु कसरी अलोकतान्त्रिक हुन्छ ?’, ज्ञवालीले प्रश्न गर्नु भयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया