सप्तरीमा सरकारकाे निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ जना प्रधानाध्यापक पक्राउ

 बैशाख १३, २०७८ सोमबार १४:१:२७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ वटा निजी स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको निर्णयकाे अवज्ञा गर्ने राजविराज नगरपालिकाका विभिन्न स्कुलका ११ जना प्रधानाध्यापक पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा सप्तरीको लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन राम, एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सिर्जना सेकेण्डरी बोर्डिङ स्कुलका शिक्षक रिमा झा रहेका छन् । 

लिटिल फ्लावर सेकेण्डरी स्कुलका सञ्चालक डा.कामन्त देव, ग्रिन इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव, सिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेश साह, ऐ ऐ स्कुलका सञ्चालक वैद्यनाथ कुमार झा र ऐ स्कुलका सञ्चालक बुलन्द साह रहेका छन् ।

पक्राउ परेकाहरुलाई  जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर सङ्क्रामक रोग ऐन-२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया