सप्तरीकाे गजेन्द्रनारायण अस्पतालमा आजदेखि दैनिक पीसीआर परीक्षण सुरु

 बैशाख १९, २०७८ आइतबार १७:२८:९ | शुभनारायण यादव
unn.prixa.net

 सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आज (आइतवार) देखि दैनिक पीसीआर परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकबाट भएको निर्णयअनुसार दैनिक पीसीआर परीक्षण सुरु भएको हो ।

यसअघि भने अस्पतालमा हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । ‘अस्पतालबाट यसअघि हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएकोमा जिल्ला सीसीएमसीकाे निर्णयअनुसार आइतवारदेखि दैनिक परीक्षण सुरु गरेका छौँ’, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले भन्नुभयो, ‘कोभिडको लक्षण देखिएका बिरामीलाई निःशुल्क परीक्षण भइरहेको छ भने आफ्नाे इच्छाले परीक्षण गराउनेहरूको हकमा सरकारी निर्णयअनुसार नै एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।’

यसैबीच काेभिड–१९ सङ्क्रमणमा पनि हुने गरेको भिडभाडलाई कम गर्न सप्तरीमा आइतवारदेखि सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया