ट्रकको ठक्करबाट सप्तरीमा एक दम्पतीको ज्यान गयाे

 बैशाख २८, २०७८ मंगलबार १४:५४:११ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा मङ्गलवार (आज) बिहान ट्रकको ठक्करबाट साइकलमा सवार दम्पतीको ज्यान गएकाे छ । ना ६ ख ३८६१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उहाँकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको ज्यान गएकाे हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका १ काे सडक खण्डमा अनियन्त्रित भएर ट्रकले मण्डल दम्पती सवार साइकललाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतीको घटनास्थलमै ज्यान गएकाे हो । 

मृतक दम्पतीको शवको पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएकाे र ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया