कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरकाे ज्यान गयाे

 जेठ ४, २०७८ मंगलबार ११:१०:११ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी  - कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरकाे ज्यान गएकाे छ । 

विराटनगरमा रहेकाे विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज बिहान ४ बजे उपमेयर आशा चाैधरीको ज्यान गएको सप्तकोशी नगरपालिका-५ का वडाअध्यक्ष दीपक लेखीले जानकारी दिनुभयाे। 

चाैधरीलाई दुई हप्ता अघिदेखि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षण देखिएकाे थियाे । 

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियाे ।

 १० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेटरमा सारिएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया