खोटाङमा क्वरेण्टीनमा बसेका कोरोना सङ्क्रमितलाई मनोसामाजिक परामर्श

 जेठ २५, २०७८ मंगलबार १३:३१:१८
unn.prixa.net

खोटाङ – खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा रहेको क्वरेण्टीनमा बसेका कोरोना सङ्क्रमितलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

क्वरेण्टीनमा रहँदा सङ्क्रमितहरूमा डर, चिन्ता र त्रासजस्ता मनोसामाजिक समस्या देखिएपछि खोटेहाङ गाउँपालिकाले मनोसामाजिक परामर्श प्रदान गरेको हो । 

भारतबाट घर फर्किएकासहित क्वेण्टीनमा १२ जना कोरोना सङ्क्रमित रहेको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई गाउँपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेको सीएमसी नेपालको मनोसामाजिक परामर्शकर्ताले सामूहिक रूपमा परामर्श प्रदान गरेका हुन ।

सुरक्षित आप्रवासन परियोजना सामी खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलाशगढी गाउँपालिकाको नेतृत्वमा सेवा प्रदायक संस्था बाल सेवा समाज नेपालद्वारा सञ्चालन भइरहेको छ ।

महामारीको यो विषम परिस्थितीमा खोटाङमा टेलिफोनमार्फत र स्वास्थ्यका मापदण्ड पालना गरी क्वरेण्टीनस्थलमै गई सङ्क्रमितलाई समेत मनोपरामर्श प्रदान गरिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया