सप्तरीमा हतियारसहित एक भारतीय नागरिक पक्राउ

 जेठ २९, २०७८ शनिबार १६:२७:४१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यकाे मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र कुमार मण्डल रहेकाे प्रहरीले जनाएकाे छ ।

सशस्त्र प्रहरी बीओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको टोलीले मण्डललाई गएराति पक्राउ गरेको हो । हतियारसहित नेपाल प्रवेश गर्न लागेका मण्डललाई सप्तरीको  बोदे बरसाईन नगरपालिका–९ स्वर्णपट्टीमा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरिएको छ । पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको निरीक्षक यसमालीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया