पाँचथरमा पहिराेमा पुरिएर एक जनाकाे ज्यान गयाे

 असार ७, २०७८ सोमबार १४:१७:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर एक शिक्षककाे ज्यान गएको छ ।

याङवरक गाँउपालिका २ फलैचामा रहेकाे इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।

चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उहाँको घटनास्थलमै ज्यान गएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया