एउटै ट्याङ्करले गरायाे दुईटा दुर्घटना, दुई बालिकाको ज्यान गयाे

 असार १२, २०७८ शनिबार १६:६:५८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-२ मा एउटै ट्याङ्करले दुई किलोमिटरकाे दुरीमा दुईवटा माेटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आज दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्कर दिएकाे हो । त्यस दुर्घटनामा माेटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव  प्रमाणीकी ८ वर्षीया छोरी यसोधाकुमारी प्रमाणीको ज्यान गएको छ । त्यही मोटरसाइकलमा सवार यसोधाकी​ आमा ३२ वर्षीया सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि त्यही ट्याङ्करले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडि बसेका कञ्चनरुप नगरपालिका–६ घोघनपुरका मो‍.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको ज्यान गएको छ । यसैगरी त्यही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् । 

घाइतेहरुको उपचारको लागि ठेलियामा रहेकाे एक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताउनुभयो । यसैबीच दुर्घटना लगत्तै स्थानीयबासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्याङ्कर चलाउने चालकलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया